नयाँ दिल्ली: पेरिस ओलम्पिक २०२४-मा भारतको निम्ति २ वटा पदक जित्ने शूटर मनु भाकर बुधवार स्वदेश फर्किन्। दिल्ली एयरपोर्टमा उनलाई प्रशंसकहरूले भव्य स्वागत जनाए। यस अवधि मनुका माता-पिता पनि उपस्थित थिए। मनुको साथमा उनका प्रशिक्षक जसपाल राणालाई पनि भव्य स्वागत जनाइयो। मनुले भनिन्, यति धेर माया पाउँदा खुशी छु। एयरपोर्टमा प्रशंसकहरूले ब्याण्ड-बाजाको साथ मनुलाई स्वागत जनाए। यसरी केही प्रशंसकहरूले यस दिग्गज शूटरसँग सेल्फी खिच्ने मौका पनि पाए। ओलम्पिक पदक विजेता मनु भाकरलाई लिन उनका माता-पिता एयरपोर्ट पुगेका थिए। उनीहरूका अनुहारमा छोरीको सफलताको खुशी स्पष्ट देखिरहेको थियो। मनुले पनि प्रशंसकहरूलाई धन्यवाद दिँदै भनिन्, एयरपोर्ट र होटलमा भएको स्वागतलाई देखेर म धेरै खुशी छु। देशका मानिसहरूले यसरी समर्थन गरेको देख्दा साँच्चै मन खुशी हुन्छ। म दुईवटा पदक अनि भविष्यमा अझ कठोर मेहनत गर्ने प्रेरणालाई साथमा लिएर आएकी छु। पेरिसमा स्पर्धाको अवधि पदकबारे नभएर केवल आफ्नो प्रदर्शनबारे सोचिरहेकी थिएँ। मैले लामो समयसम्म भारतीय खाना खाएकी थिइनँँ तर दिल्ली पुग्नको साथ आलूको पराठा खाएँ। उल्लेखनीय छ, पेरिस ओलम्पिकमा भारतले अहिलेसम्म तीनवटा पदक जितेको छ अनि तीनैवटा पदक काँस्य रहेको छ। यसमा मनुले महिलाहरूकी १० मीटर एयर पिस्टल स्पर्धा अनि सरबजोतसँग मिलेर १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धामा २ वटा काँस्य पदक जितेकी थिइन्। यसरी स्वप्निल कुसालेले ५० मीटर राइफल थ्री पोजिशन स्पर्धामा काँस्य पदक जितेका थिए।











