n62555999017230545744326f913e585f9ffbb239b70c15f398fa83f7c1d85c8496a020347a8eee999b51db

गान्तोक: सिक्किम विधानसभाको बजेट सत्रको आज तेस्रो दिन बुधवार सदनले विभिन्न विभागको वार्षिक अनुदान माग पारित गरेको छ। मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री पीएस तामाङले वित्त वर्ष २०१७-२१८ र वित्त वर्ष २०१८-१९ अतिरिक्त अनुदान माग सदनमा पेश गरे भने दुवै अतिरिक्त अनुदान मागका लागि पेश गरेका विनियोजन विधेयक पनि सदनले पारित गरेको छ।

विधानसभामा आज जनस्वास्थ्य तथा अभियान्त्रिकी विभाग, जल संसाधन विभाग र धर्म विभाग अन्तर्गतको अनुदान माग मन्त्री सोनाम लामाले राखेका थिए। यसरी भवन तथा आवास अनि श्रम विभागको वार्षिक अनुदान माग मन्त्री भीमहाङ सुब्बाले राखेका थिए भने शहरी विकास विभाग तथा खाद्य एवं नागरिक आपुर्ति विभागका अन्तर्गतको वार्षिक अनुदान मन्त्री भोजराज राईले सदनमा राखेका थिए।

वित्त वर्ष २०२४-२५ को लागि कृषि, बागबानी तथा पशुपालन विभागका अनुदान माग मन्त्री पुरण गुरुङले राखे। सडक एवं पुल विभागका लागि वार्षिक अनुदान माग मन्त्री एनबी दाहालले राखे भने शिक्षा, खेल तथा युवा मामिला अनि संसदीय मामिला विभागका अनुदान माग मन्त्री राजु बस्नेतले सदनमा पेश गरेका। आज विभिन्न छ जना मन्त्रीको अधिनमा रहेका १४ वटा विभागका लागि राखिएका वार्षिक अनुदान माग पारित गरियो।

भोलि लेप्चा समुदायको महान पर्व टेण्डोङ ल्यो रुम फातका कारण सिक्किम सार्वजनिक विदा हुॅंदा विधानसभा कारबाही आगामी ९ अगस्तका दिन हुनेछ। यसै दिन रहल विभागका वार्षिक अनुदान माग र मुख्यमन्त्रीले ५ अगस्तका दिन सदनमा पेश गरेको सिक्किमको वार्षिक बजेट पारित हुनेछ।

About Author

Advertisement