पेरिसमा निराशाजनक प्रदर्शनपछि खेलाड़ीहरूका जवाफदेही तय होस् भन्ने चाहन्छन् पादुकोण

IMG-20240806-WA0123

पेरिस: भारतका पूर्व दिग्गज ब्याडमिण्टन खेलाड़ी प्रकाश पादुकोणको विचारमा खेलाड़ीहरूले निरन्तर अघि बढ़्ने, आफ्नो प्रदर्शन र सफलताको जिम्मेवारी लिनु पर्ने आवश्यकता छ अनि प्रत्येकपल्ट परिणामको कमीको निम्ति महासंघहरूलाई दोषी ठहऱ्याउन सकिँदैन। पेरिसमा जारी ओलम्पिक खेलहरूमा भारत फेरि एकपल्ट पदक जित्नदेखि चुक्यो। शट्लर लक्ष्य सेनले सोमवार पुरुष एकलको स्पर्धामा मलेशियाका जी जिया लीविरुद्ध हारको साथ काँस्य पदक जित्ने मौका गुमाए। पादुकोणले बताएअनुसार, अहिले एथलीटहरूलाई उनीहरूका माग अनुसार सबैथोक प्रदान गरिन्छ अनि उनीहरूले पनि आफ्नो प्रदर्शनको जिम्मेवारी लिनु पर्नेछ। पादुकोणले भने, मेरो विचारमा समय आइसकेको छ अनि खेलाड़ीहरूले पनि जिम्मेवारी लिनु पर्नेछ। गत केही सालदेखि ब्याडमिण्टन खेलाड़ीहरूलाई पर्याप्त सुविधा र प्रोत्साहन प्राप्त भएको हामी भन्न सक्छौं। हाम्रा शीर्ष खेलाड़ीहरूसँग पदक जित्ने मौका थियो। उनीहरूले जे-जे पनि माग गरेका थिए, त्यो सबै प्रदान गरियो। कहिले-काहीँ माग अनुचित नै भए पनि त्यसलाई पूरा गरियो। अब खेलाड़ीहरूले पनि सामान्य अधिक प्रयास गर्नु पर्नेछ, जिम्मेवारी लिनु पर्नेछ। आफ्नो प्रदर्शनको निम्ति उनीहरू जवाफदेही हुनु पर्नेछ। तपाईंले चाहेको सबै संसाधन र सुविधाहरू प्रदान गरिएपछि अन्तमा परिणामको निम्ति जवाफदेही पनि हुनु पर्छ। मेरो विचारमा खेलाड़ीहरूले जिम्मेवारी लिनु सिक्नु पर्नेछ। शीर्ष खेलाड़ीहरूले युवा पीढ़ीलाई बाटो देखाउनु पर्नेछ।
लक्ष्यको हार अझ एउटा उदाहरण हो कारण जब उत्कृष्ट प्रदर्शनको सबैभन्दा धेरै आवश्यकता हुन्छ, भारतीय एथलीटहरू त्यही समय प्रदर्शन गर्न विफल भइरहेका छन्। शूटिंगमा अर्जुन बाबुता पुरुषहरूका १० मीटर एयर राइफल स्पर्धामा चौथो स्थानमा रहे। मिश्रित टीम स्पर्धामा काँस्य पदकको म्याचमा धनुर्धर अंकिता भकत र धीरज बोम्मादेवराले निराशाजनक हारको सामना गर्नु पऱ्यो। शूटिंगमा माहेश्वरी चौहान र अनन्त जीत सिंह नरुका स्कीट मिश्रित टीम स्पर्धामा सामान्यले गर्दा काँस्य पदक जित्नदेखि चुके। पादुकोणले भने, अन्तमा गएर महासंघ, फाउण्डेशन र एकाडमीहरूले यति नै गर्न सक्ने सबैलाई थाहा छ। हामीले आफ्नो तर्फबाट खेलाड़ीहरूका सुविधामा कुनै कमी राखेनौ। अब सबैभन्दा धेर आवश्यकता भएको समय उनीहरूले पनि जिम्मेवारी लिनु पर्नेछ। खेलाड़ीहरूले पनि आत्मनिरीक्षण गर्नु पर्नेछ। तपाईंले सरकार समक्ष आफ्नो मागहरू मात्र राखेर हुँदैन। तपाईंले विश्लेषण पनि गर्नु पर्नेछ। खेलाड़ीहरूले पर्याप्त मेहनत गरिरहेका छैनन् अनि शायद यो प्रदर्शन ओलम्पिकमा पदक दिलाउन पर्याप्त थिएन। लक्ष्यको काँस्य पदकको म्याचमा प्रदर्शनबारे पादुकोणले भने, “उनले असल खेले। उनले काम पूरा गर्न नसक्दा म सामान्य निराश छु। उनी म्याच जित्ने स्थितिमा थिए। उनी सदा तेज गतिको साथ खेल्न अनि हावाको साथ खेल्नमा असहज रहेका छन्। यसबाहेक यस्तो म्याचमा आत्मविश्वास पनि महत्त्वपूर्ण हुन्छ। हामीले केही क्षेत्रमा निश्चित रूपले काम गर्नु पर्नेछ। यसपाली ब्याडमिण्टनमा पदक जित्न नसक्दा म निराश छु।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement