गोरुबथान: डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा मिञ्ज फूटबल एकाडमीले क्वार्टर फाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा सोमवार भएको म्याचमा मिञ्ज एकाडमीले सत्य ज्योति संघ, बुड़ीखोलालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका खेलाड़ी सौरभलाई प्लेयर अव् द म्याच चयन गरियो। म्याचमा निरेन दर्नाल मुख्य रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा अलोप राई र हेम कुमार राई रहेका थिए। अशोक रोय फोर्थ अफिसियल थिए। बिहीवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा एमबीएफसी, मैनागुड़ी र बी सेवेन एफसी, गोरुबथानबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ।

यसरी फाइनल १६ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी आयोजक डायमण्ड क्लबका सचिव प्रतीथ परियारले बताएका छन्।









