पेरिस ओलम्पिक २०२४: पाँचौं स्थानमा रहेर अविनाश साबले स्टीपलचेजको फाइनलमा

IMG-20240806-WA0108

पेरिस: भारतीय एथलीट अविनाश साबलेले पेरिस ओलम्पिकमा पुरुषहरूका ३००० मीटर स्टीपलचेज स्पर्धाको फाइनलको निम्ति क्वालीफाई गरे। स्पर्धाको निम्ति आफ्नो हीटमा उनी ८ मिनट १५.४३ सेकेण्डको समयसहित पाँचौं स्थानमा रहे। यसको साथै साबले यस स्पर्धाको फाइनलमा पुग्ने भारतका पहिलो एथलीट बने। स्पर्धाको निम्ति ३ वटा हीटबाट शीर्ष ५-मा रहने एथलीटहरूले फाइनलमा स्थान बनाए। साबलेको हीटमा मोरक्कोका मोहम्मद तिण्डौफतले सर्वश्रेष्ठ प्रदर्शन गर्दै ८ मिनट १०.६२ सेकेण्डको समयसहित शीर्ष स्थान हासिल गरे। साबलेले धेरैपल्ट आफ्नै राष्ट्रिय रेकर्डमा सुधार गरेका छन्। उनको सर्वश्रेष्ठ प्रदर्शन ८ मिनट ०९.९४ सेकेण्ड रहेको छ, जुन उनले गत महिना पेरिस डायमण्ड लीगमा हासिल गरेका थिए। सेनामा नायक सुबेदार पदमा रहने भारतका २९ वर्षीय एथलीटले हीटमा असल शुरुवात गरे अनि पहिलो १००० मीटरसम्म शीर्षमा रहेका थिए तर पछिबाट कीनियाका अब्राहम किबिवोटले बढ़त हासिल गरे अनि साबले चौथो स्थानमा पुगे। उनी २००० मीटरको दूरी ५ मिनट २८.७ सेकेण्डमा पूरा गरेपछि तेस्रो स्थानमा थिए। त्यसपछि फेरि पाँचौं स्थानमा पुगे। अन्तिम समयमा छैटौं स्थानमा रहने अमेरिकी एथलीट म्याथ्यू विलकिन्सनले सक्दो प्रयास गरे पनि साबलेलाई रोक्न सकेनन्। यस स्पर्धाको फाइनल ७ र ८ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement