सेमिफाइनल म्याचअघि भारतका निर्भरयोग्य खेलाड़ी रोहिदास निलम्बित

IMG-20240805-WA0173

पेरिस: भारतीय पुरुष हकी टोलीका प्रमुख डिफेण्डर अमित रोहिदासलाई ब्रिटेनविरुद्ध क्वार्टर फाइनल म्याचमा रेड कार्ड देखेको कारण एउटा म्याचको निम्ति निलम्बित गरिएको छ। यसैकारण उनले जर्मनीविरुद्ध मंगलवार हुने पेरिस ओलम्पिकको सेमिफाइनल म्याचमा खेल्न पाउनेछैनन्। अब भारतसँग यस महत्त्वपूर्ण म्याचको निम्ति केवल १५ जना खेलाड़ी उपलब्ध रहनेछन्, जुन ८ पल्टको ओलम्पिक च्याम्पियन टीमको निम्ति ठूलो झट्का हो। अन्तर्राष्ट्रिय हकी महासंघ (एफआईएच)-ले आधिकारिक बयानमा भनेको छ, भारत र ग्रेट ब्रिटेनबीच ४ अगस्तमा खेलिएको म्याचको अवधि अमित रोहिदासलाई एफआईएच-को आचार संहिताको उल्लंघनको निम्ति एउटा म्याचको निम्ति निलम्बित गरिएको थियो। निलम्बनको असर म्याच नम्बर ३५ (जर्मनीविरुद्ध भारतको सेमिफाइनल म्याच)-मा पर्नेछ, जसमा अमित रोहिदासले हिस्सा लिन सक्नेछैनन् अनि भारतले केवल १५ जना खेलाड़ीको साथ खेल्नु पर्नेछ।
रोहिदासलाई ब्रिटेनविरुद्ध आइतवार खेलिएको म्याचमा अन्तिम हूटर बज्न लगभग ४० मिनट अघि रेड कार्ड देखाएर मैदान बाहिर पठाइएको थियो कारण उनको हकी स्टीकले अनजानमा विपक्षी टीमका एकजना खेलाड़ीको शीरमा लागेको थियो। ब्रिटेनविरुद्ध म्याचको दोस्रो क्वार्टरमा ३२ वर्षीय रोहिदासको मैदानमा विल केलनानसँग बहस भएको थियो। मैदानी अम्पायरले शुरुवातमा भारतीय खेलाड़ीलाई चेताउनी दिएका थिए तर टीभी अम्पायरले भीडियो रेफरलपछि रोहिदासलाई रेड कार्ड देखाएका थिए। म्याचमा नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि भारतले पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गरी सेमिफाइनलमा स्थान बनाएको थियो। हकी इण्डियाले रोहिदासको निलम्बनविरुद्ध अगावै अपील दर्ता गरेको छ, जसमाथि एफआईएच-को एउटा जूरीले फसेला गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement