राष्ट्रिय राजमार्ग १० मा पैह्रोमा एउटा गाड़ी क्षतिग्रस्त

IMG-20240805-WA0174

कालेबुङ: राष्ट्रिय राजमार्ग १० मल्लीमा माथिबाट पैह्रो झरेर गाडीलाई लागेर एउटा गाडी पूर्णरुपले क्षतिग्रस्त बनेको छ भने गाडीका चालक अनि यात्रीहरु भने भाग्यले बाचेका छन्। यो घटना आज बिहान ६:३० बजे भएको बताइएको छ। प्राप्त जानकारी अनुसार राष्ट्रिय राजमार्ग १० मा माथिबाट पैह्रो गएर साथै ढुंगा झरेर सिक्किम नम्बरको गाड़ी क्षतिग्रस्त बनेको छ। उक्त गाड़ी सिलगढीबाट सिक्किमको रङ्पु गईरहेको जानकारी प्राप्त भएको छ। उक्त गाड़ीमा चारजना यात्रीहरू रहेका थिए। माथिबाट झरेको ढुंगा लागेर गाड़ीमा सवार केही यात्रीलाई केही लागेको र उपचारको लागि अस्पताल पठाइएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement