खरसाङ: खरसाङ किक् बक्सिङ एसोसिएशनको प्रशिक्षण केन्द्रको आज खरसाङमा उदघाटन गरिएको छ। खरसाङको वार्ड नम्बर १२ (डोको लाईन) हाट बजारमा उक्त प्रशिक्षण केन्द्रको उदघाटन गरिएको छ। यस उदघाटन कार्यक्रमको प्रथममा एसोसिएशनको प्रमुख सल्लाहकार टीटी लामाद्वारा रिबन काटेर हलको उद्घाटन गर्दै गोवामा आयोजित राष्ट्रिय किक बक्सिङ च्याम्पियनशीपमा सहभागी भएका तीनजना प्रतिभागीहरू अलिशा तामाङ, आशना छेत्री अनि सिनोरा राईलाई खदा लगाएर स्वागत जनाइयो। आजकोे यस उदघाटन कार्यक्रममा टीटी लामाले उपस्थित सबै नानीहरूलाई खेलकुद सँगसंगै शिक्षामा पनि ध्यान दिनुपर्छ भनी बताएका छन्। यसको साथै एशोसिएसनका टेक्निकल सल्लाहकार अञ्जय छेत्रीले खरसाङकोे नानीहरूलाई नकरात्मक वातावरणदेखि जोगाउन हेतु लगातार खेलकूदकोे माध्यमले एउटा राम्राे वातावरण सृजना गर्दै यसरी खरसाङकोे मुटु मानिने बजारमा प्रशिक्षण केन्द्र शुरु गरेकोमा सेन्सी विजय राउतलाई बधाई दिएका छन्। उनले पहाड़का प्रशासनलाई खेलकुदकोे क्षेत्रमा अझैं प्रोत्साहित गर्न हेतु एउटा इन्डोर स्टेडियमकोे निर्माण गर्ने आजको कार्यक्रमकोे माध्यमबाट आह्वान् गरे। कार्यक्रममा एशोसिएसनका सचिव विजय राउतले उपस्थित सेन्सि लगायत अभिभावकहरूलाई धन्यवाद दिएका छन्। उनले जीटीएका प्रमुख कार्यपाल अनित थापा, सेन्सी पेमेन्द्र गुरुङ साथै खरसाङ महाविद्यालयका प्राचार्य समीर बललाई सधैं नै प्रोत्साहित गर्दै महाविद्यालयका छात्र छात्राहरूलाई खेलकुदमा अघि बढाउनमा अनि समय समयमा आर्थिक सहयोग गरिदिएकोमा कार्यक्रमकोे माध्यमबाट धन्यवाद दिएका छन्। विजय राउतले अघि खेलकुदकोे क्षेत्रमा छोरीहरूलाई प्रोत्साहित गर्न हेतु खरसाङ किक् बक्सिङ एशोसिएसनमा नि:शुल्क भर्ना दिने घोषणा पनि गरेका छन्। कार्यक्रममा एशोसिएसनका अध्यक्ष रामभज शर्मा, कोच मधु देवान, सल्लाहकार राजेश देवान साथै कोषाध्यक्ष सञ्जय राउत पनि उपस्थित थिए।









