खरसाङ: खरसाङको मन्टिभियट चियाबारीमा ग्राम सुधार समिति र खरसाङ ट्राफिक पुलिसको आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच शिविर र ट्राफिक सचेतनाको कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मन्टिभियट चियाबारीको पाँचवटा गाउँहरू मिलेर खरसाङ ट्राफिक पुलिसको सहभागितामा आयोजना गरिएको छ। यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा स्वास्थ्य जाँचको साथै नि:शुल्क आँखा जाँच शिविरको पनि आयोजना गरिएको छ।कार्यक्रममा लायन्स क्लब खरसाङको पक्षबाट विनम गोयङ्का र खरसाङ ट्राफिक पुलिसको ओसी सञ्जीव दत्तले वक्तव्य राखेका थिए। कार्यक्रममा ट्राफिक ओसी सञ्जीव दत्तले ट्राफिक नियमहरू साथै सेफ ड्राइभ सेभ लाइफ विषयमा मानिसहरूलाई सचेतना गराएका थिए। यस नि:शुल्क स्वस्थ्य जाँच शिविरमा पुरूषहरू ३० जना र महिला ३७ जना गरी जम्मा ६७ जनाले स्वास्थ्य जाँच गराएका थिए भने आँखा जाँच शिविरमा पुरुष २५ जना अनि महिला ३० जना गरी जम्मा ५५ जनाले आँखा जाँच गराएका थिए। यस शिविरमा जम्मा १२२ जनाले जाँच गराएका थिए। यसको साथै ४० जनाले मधुमेह जाँच पनि गराएका थिए। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा खरसाङ ट्राफिक पुलिसको ओसी सञ्जीव दत्त, खरसाङ महकुमा अस्पतालबाट राजीव प्रधान, अरूणा प्रधान, नर्स सेतिका दियाली, समाज कल्याण अधिकारी बिजय सेञ्चुरी लगायत अन्यहरू उपस्थित रहेका। त्यसरी नै स्वस्थ्य जाँचको लागि डाक्टर टीए विश्वास र आँखा जाँचको लागि डाक्टर तेञ्जिङ भोटिया उपस्थित रहेका थिए।

त्यसरी नै मन्टिभियट चियाबारीको ग्राम सुधार समितिको सभापति प्रणय रोका, उप सभापति आशिष राई, सचिव सुमीर विश्वकर्म, सह सचिव चम्पा थापा, कोषाध्यक्ष प्रमिला तामाङ सुब्बा, राधा थापा, मुक्ता तामाङ राई लगायत अन्यहरू उपस्थित रहेका थिए। त्यसरी नै लायन्स क्लब खरसाङका पदाधिकारीहरू क्रमैले विवेक गोयल, प्रेम गुप्ता, सिवानी गोयङ्का, विनम गोयङ्का, नम्रता गुप्ता आदिको उपस्थिति रहेको थियो।









