बजेट सत्रमा सहभागी बन्न राज्यपाललाई निम्तो

IMG-20240804-WA0307

गान्तोक: भोलिदेखि शुरू हुने सिक्किम विधानसभाको बजेट सत्रलाई ध्यानमा राख्दै आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नवनियुक्त राज्यपाल ओम प्रकाश माथुरसँग भेट गरे। विशेष गरेर मुख्यमन्त्री तामाङले भोलि ५ देखि ९ अगस्तसम्म चल्ने बजेट सत्रमा उपस्थित हुन आमन्त्रित गरे।मुख्यमन्त्री तामाङको निमन्त्रणालाई स्वीकार्दै राज्यपालले बजेट सत्रमा उपस्थित हुने वचन दिए। यस अवसरमा राज्यका मुख्य सचिव भीबी पाठकको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement