झापा: टिपरको ठक्करबाट मोरङ केराबारी गाउँपालि का-९ देवीझोडा का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ।
मोटरसाइकल चालक छोरा २२ वर्षीय रञ्जित मगर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु चढेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकल अगाडि गइरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसमा ठोक्किएको थियो। त्यसैबेला पछाडिबाट आइरहेको ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएका कारण उनीहरु घाइते भएका थिए। उनीहरुलाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको भएपनि अस्पताल पुर्याउँदा रामबहादुरको मृत्यु भइसकेको डाक्टरले बताएका थिए।