खोर्सानेमा टिपरले लियो देवीझोडाका रामबहादुर मगरको ज्यान

IMG-20240803-WA0008

झापा: टिपरको ठक्करबाट मोरङ केराबारी गाउँपालि का-९ देवीझोडा का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ।
मोटरसाइकल चालक छोरा २२ वर्षीय रञ्जित मगर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु चढेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकल अगाडि गइरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसमा ठोक्किएको थियो। त्यसैबेला पछाडिबाट आइरहेको ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएका कारण उनीहरु घाइते भएका थिए। उनीहरुलाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको भएपनि अस्पताल पुर्याउँदा रामबहादुरको मृत्यु भइसकेको डाक्टरले बताएका थिए।

About Author

Advertisement