पेरिस: भारतका स्टार शट्लर लक्ष्य सेनले आफ्नो विजयाभियान जारी राख्दै पेरिस ओलम्पिकमा पुरुष एकल ब्याडमिण्टन स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन्। ओलम्पिकको इतिहासमा उनी यस्तो गर्ने पहिलो भारतीय पुरुष खेलाड़ी हुन्। लक्ष्यले शुक्रवार खेलिएको क्वार्टर फाइनल म्याचमा ताइवानका चू टिन चेनलाई १९-२१, २१-१५, २१-१२-ले पराजित गरे। यस जीतको साथै उनले भारतीय ब्याडमिण्टन इतिहासमा ऐतिहासिक उपलब्धि हासिल गरे। म्याच आशानुरुप चरम रोमाञ्चक रह्यो अनि पहिलो गेमदेखि नै दुई खेलाड़ीबीच रोचक प्रतिस्पर्धा देखियो। म्याचको पहिलो गेम गुमाएपछि भारतीय खेलाड़ीले असाधारण पुनरागमन गरे। उनले अघिल्लो दुईटा गेम जितेर सेमिफाइनलमा स्थान बनाए। लक्ष्यलाई विशेषगरी तेस्रो गेम जित्न कुनै असुविधा भएन। लक्ष्य ओलम्पिकको पुरुष एकल ब्याडमिण्टन स्पर्धाको फाइनलमा पुग्ने पहिलो भारतका पहिलो पुरुष खेलाड़ी हुन्। अहिले उनी पदक जित्नदेखि केवल एक जीत टाढ़ा रहेका छन्। लक्ष्यभन्दा अघि किदाम्बी श्रीकान्त (२०१६) र पारुपल्ली कश्यप (२०१२)-ले मात्र क्वार्टर फाइनलमा स्थान बनाएका थिए। ब्याडमिण्टनमा अहिले लक्ष्य एकमात्र पदकको आशा हुन्।