पेरिस ओलम्पिक २०२४: पुरुष हकीमा भारतले अष्ट्रेलियाविरुद्ध ऐतिहासिक जीत

IMG-20240802-WA0246

पेरिस: भारतीय पुरुष हकी टीमले पेरिस ओलम्पिकमा ग्रुप चरणको अन्तिम म्याचमा यादगार जीत हासिल गऱ्यो। भारतले आज पूल बी-को आफ्नो अन्तिम म्याचमा शक्तिशाली अष्ट्रेलियालाई ३-२-ले पराजित गऱ्यो। भारतको यो ओलम्पिक इतिहासमा अष्ट्रेलियाविरुद्ध ५२ सालपछि पहिलो जीत हो। भारतले यसअघि अन्तिमपल्ट १९७२-को ओलम्पिकमा अष्ट्रेलियालाई पराजित गरेको थियो। शुक्रवार खेलिएको म्याचमा अभिषेकले पहिलो क्वार्टरको १२औं मिनटमा गोल गरी भारतलाई बढ़त दिलाए। त्यसपछि कप्तान हरमनप्रीत सिंहले पेनल्टी कर्नरमा गोल गरी १३औं मिनटमा बढ़तलाई डबल बनाए। त्यसपछि २५औं मिनटमा क्रेग थोमसले अष्ट्रेलियाको निम्ति गोलको खाता खोले। यसरी हाफ टाइमसम्म भारत २-१-ले अघि रहेको थियो। तेस्रो क्वार्टरको ३२औं मिनटमा हरमनप्रीतले पेनल्टी स्ट्रोकमा गोल गरेर भारतलाई ३-१-ले अघि पारे। चौथो क्वार्टरमा अष्ट्रेलियाको तर्फबाट ब्लेक गोवर्सले ५५औं मिनटमा गोल गरे पनि भारतलाई म्याच जित्नदेखि रोक्न सकेननन्। यसरी भारतले जीतको लयसँग क्वार्टर फाइनलमा स्थान बनायो। भारतले यसअघि बिहीवार बेल्जियम विरुद्ध २-१-ले हारको सामना गर्नु परेको थियो तर आज टीमले असाधारण प्रदर्शन गर्दै म्याच जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement