जोरथाङमा घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको आरोप

00-S-1

गान्तोक: जोरथाङमा २ अगस्तमा घरेलु विवादका कारण ३७ वर्षीय एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको पुलिस स्रोतले जनाएको छ। भीमकुमार राई र ३३ वर्षीया स्मृता राईबीच चर्को झगडा हुँदा घटना भएको समाचारमा बताइएको छ। घरायसी विवादका क्रममा बिहान करिब १ बजे जोरथाङमा भाडाको घरमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप छ। त्यसपछि राईले जोरथाङ पुलिस चौकीमा आत्मसमर्पण गरेको समाचार छl पुलिस जाँच शुरु गरेको छl उक्त दम्पतीका दुई जना साना नानीलाई अहिले परिवारका अन्य सदस्यको जिम्मा लगाइएको बताइएको छ।

About Author

Advertisement