गान्तोक: भारतीय मौसम विभाग (आईएमडी) को अनुसार आगामी केही दिनहरूमा सिक्किममा भारी वर्षाको सम्भावना रहेको छl सिक्किम जिल्ला आपदा व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै बासिन्दा र आगन्तुकहरूलाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ। उनीहरूको सुरक्षा सुनिश्चित गर्न आईएमडीले २ अगस्तदेखि ७ दिनको लागि चेतावनी जारी गरेको छ। मङ्गन, गेजिङ, सोरेङ, नाम्ची, पाक्योङ र गान्तोक जिल्लामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने जिल्लालाई सर्तक रहन, र २ अगस्तसम्म सतर्क रहन सुझाव दिइएको छ। यसैबीच, ६ जिल्ला मध्ये नाम्ची र गान्तोकलाई ३ अगस्तमा सतर्क रहन सल्लाह दिइएको छ। आईएमडीले जारी गरेको पूर्वानुमान अनुसार ७ अगस्तदेखि सतर्कता हटाइनेछ।