एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

IMG-20240802-WA0103

झापा: एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ। आर्थिक वर्ष २०२३/२०२४ मा कालोपत्रे स्तरको नयाँ सडक विस्तार सो परिमाणमा भएको सडक विभागले जनाएको छ। यो वार्षिक लक्ष्यको तुलनामा ७९.११ प्रतिशत प्रगति हो।
विभागले यस वर्ष ९५६ किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। यस अवधिमा ग्राबेल स्तरको सडक ३२८ किलोमिटर विस्तार भएको छ। यस आवमा ४ सय किलोमिटर ग्राबेल विस्तारको लक्ष्य थियो। लक्ष्यको ८२ प्रतिशत ग्राबेल सडक विस्तार भएको विभागले जनाएको छ।
माटे सडक भने विभागले १६७ किलोमिटर विस्तार गरेको जानकारी गराएको छ। विभागका अनुसार यो भने लक्ष्यको १११ प्रतिशत हो। यस आवमा माटे सडक १५० किलोमिटर विस्तारको लक्ष्य थियो। आवधिक मर्मत भने २६१ किलोमिटरमा भएको छ। यो लक्ष्यको १०४ प्रतिशत हो। यस आवमा विभागले २५० किलोमिटर मर्मतको लक्ष्य थियो।
विभागका अनुसार एक वर्षमा २०२ वटा पुल निर्माण भएका छन्। यस वर्ष १५० वटा मात्र पुल निमार्णको लक्ष्य थियो। लक्ष्यको तुलनामा १३४ प्रतिशत प्रगति भएको विभागको विवरणमा देखिन्छ।
स्रोतका अनुसार सडक विभागलाई यस आवमा ९८ अर्ब १७ करोड विनियोजन भएको थियो। जसमा ९५ अर्ब ९३ करोड पूँजीगत विनियोजन थियो। संशोधित बजेट भने १ खर्ब नाघेको थियो। संशोधित बजेट १ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो। खर्च भने ७४ अर्ब ५७ करोड रुपैयाँ बराबर भएको देखिन्छ। यो कुल विनियोजनको ६९.५२ प्रतिशत रहेको विभागले जनाएको छ। विभागले पूँजीगततर्फ ६९.१७ प्रतिशत र चालुतर्फ ८५.४० प्रतिशत खर्च गरेको देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement