हकीमा भारतीय टीमको पहिलो हार

IMG-20240802-WA0003

पेरिस: भारतले पेरिस ओलम्पिकको पुरुष हकी स्पर्धामा वर्तमान च्याम्पियन बेल्जियमविरुद्ध पूल बी-को म्याचमा बिहीवार २-१ ले हारको सामना गर्नु पऱ्यो। भारतीय हकी टीमको यो पहिलो हार हो। यसअघि भारतले न्यूजील्याण्डलाई ३-२ अनि आयरल्याण्डलाई २-० ले पराजित गरेको थियो जबकि अर्जेण्टिनासँग म्याच २-२-ले ड्र खेलेको थियो। क्वार्टर फाइनलमा स्थान बनाइसकेको भारतीय टीमबाट अभिषेकले १८औं मिनटमा गोल गरे। यस बढ़तलाई भारतले हाफ टाइमसम्म कायम राख्यो। त्यसपछि बेल्जियमले तेस्रो क्वार्टरमा २ गोलको साथ बढ़त हासिल गऱ्यो, जुन अन्तमा निर्णायक साबित भयो। बेल्जियमको निम्ति थिबू स्टकब्रोक्सले ३३औं र जन जन डोम्यानले ४४औं मिनटमा गोल गरे। भारतले अब ग्रुप चरणको अन्तिम म्याचमा शुक्रवार शक्तिशाली अष्ट्रेलियाको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement