सात्विक-चिरागको जोड़ी निराशाजनक हारको साथ पदकको रेसबाट बाहिर

IMG-20240801-WA0281

पेरिस: सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको स्टार भारतीय जोड़ी पेरिस ओलम्पिक २०२४-को पुरुष युगल ब्याडमिण्टन स्पर्धाको क्वार्टर फाइनलमा पराजित भएर बाहिर भयो। भारतीय जोड़ीले मलेशियाका आरोन चिया र यिक वूई सोहको जोड़ीविरुद्ध हारको सामना गर्नु पऱ्यो। एशियन गेम्स च्याम्पियन अनि पेरिसमा पदक जित्ने प्रबल दावेदार सात्विक-चिरागको जोड़ीलाई ६४ मिनटसम्म चलेको म्याचमा चिया र सोहको विश्वको सातौं नम्बरको जोड़ीले २१-१३, १४-२१, १६-२१ ले पराजित गऱ्यो। टोक्यो ओलम्पिकमा काँस्य पदक विजेता मलेशियाई जोड़ीविरुद्ध भारतीय जोड़ीको १२ वटा म्याचमा यो नवौं हार हो। क्वार्टर फाइनलको पहिलो गेम जिते पनि सात्विक चिरागको जोड़ीले लयलाई कायम राख्न सकेन। दोस्रो गेमदेखि चाहिँ मलेशियाई जोड़ीले असाधारण पुनरागमन गऱ्यो। त्यसपछि मलेशियाई जोड़ीले लगातार दुई गेमको साथमा म्याच जितेर भारतीय जोड़ीको ओलम्पिक अभियानमा विराम लगायो। गत केही समयदेखि असाधारण फर्ममा रहेको हुनाले सात्विक-चिरागलाई पदक जित्ने प्रबल दावेदार मानिएको थियो।

About Author

Advertisement