नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेट अनि प्रशिक्षक अंशुमान गायकवाड़को बुधवार राति ७१ सालको उमेरमा ब्लड क्यान्सरले गर्दा निधन भयो। गायकवाड़ले १९७५-देखि १९८७-सम्म भारतको निम्ति ४० वटा टेस्ट र १५ वटा वनडे म्याच खेलेका थिए। यसको साथमा उनले बड़ौदाको तर्फबाट २०६ वटा प्रथम श्रेणीको म्याच खेलेका थिए। बड़ौदा क्रिकेट एसोसिएशन (बीसीए)-का मुख्य कार्यकारी अधिकारी (सीईओ) स्नेहल पाटिलले गायकवाड़को राति लगभग १० बजी निधन भएको जानकारी दिए। दाहिने हातका ब्याटर गायकवाड़ले भारतको निम्ति ४० वटा टेस्ट म्याचमा २ वटा शतक र १० वटा अर्द्धशतकको साथ ३०.०७-को औसतले १९८५ रन बनाएका थिए। यसमा उनको सर्वोच्च स्कोर २०१ रन रहेको थियो। यसरी उनले १५ वटा वनडे म्याचमा एउटा अर्द्धशतकको साथ २६९ रन बनाएका थिए अनि यस प्रारूपमा उनको सर्वोच्च स्कोर अविजित ७८ रन रहेको थियो। यसरी उनले प्रथम श्रेणीको क्रिकेटममा १२ हजारभन्दा अधिक रन पनि बनाएका थिए।
गायकवाड़ उपचारको निम्ति लण्डनको किंग्स कलेज अस्पतालमा गएका थिए। त्यसपछि उनी स्थानीय अस्पतालमा उपचार जारी राख्न जूनमा आफ्नो गृहनगर बड़ौदा फर्किएका थिए। क्रिकेटबाट सन्न्यास लिएपछि उनले पहिला चयनकर्ता अनि पछिबाट मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए। गायकवाड़ अक्टोबर १९९७-देखि १९९९-सम्म भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक रहेका थिए। उनकै कार्यकालमा लेग स्पिनर अनिल कुम्बलेले १९९९-मा दिल्ली टेस्टमा पाकिस्तानविरुद्ध एउटा ईनिंग्समा सबै १० विकेट लिएर इतिहास रचेका थिए। गायकवाड़लाई २०१७-१८-को निम्ति सीके नायडू लाइफटाइम अचीवमेण्ट पुरस्कारले सम्मानित गरिएको थियो। उनले कपिल देव र शान्ता रंगास्वामीसँग क्रिकेट सल्लाहकार समिति (सीएसी)-को सदस्यको रूपमा पनि काम गरेका थिए। गायकवाड़ आफ्नो निधनसम्म भाररतीय क्रिकेटर्स एसोसिएशन (आईसीए)-का अध्यक्ष थिए अनि उनले २०१९-२०२२-सम्म बीसीसीआईको शीर्ष परिषदमा निकायको प्रतिनिधित्व पनि गरेका थिए। यस सालको शुरुवातमा उनका दत्ता गायकवाड़को निधन भएको थियो, जसले भारतको निम्ति ११ वटा टेस्ट म्याच खेलेका थिए।