मन्त्री छिरिङ थेन्डुप भोटियाले गरे गत मंगलवार दिल्ली र बेङलोरका लगानीकर्ताहरूसॅंग भेट 

n6246541781722537091867c78d3bfc8897442d1ae07607fdfaa78bb2206a2fbce78c4dbd85b48553bdba6f

गान्तोक: सिक्किम सरकारको वाणिज्य एवं उद्योग तथा पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री छिरिङ थेन्डुप भोटियाले गत मंगलवार दिल्ली र बेङलोरका लगानीकर्ताहरूसॅंग भेट गरे। यस भेट अवधि पर्यटन एवं नागरिक उड्डयन विभाग र वाणिज्य एवं उद्योग विभागका वरिष्ठ अधिकारीहरू पनि सामेल थिए।

बैठकमा पाकिमदेखि बाघडुग्रा र दिल्लीको निम्ति हवाई सम्पर्क स्थापित गर्न तथा राज्यमा वाटर एटीएम र ब्रुअरी स्थापित गर्न विस्तृतरूपमा चर्चा गरिएको आईपीआर विभागले बताएको छ। मन्त्री भोटियाले अमेरिका आधारित एउटा एयरक्राफ्ट अपरेटरसॅंग चर्चा गरे, जसले शुरूमा पाकिमदेखि बाघडुग्रा र पछि पाकिमदेखि दिल्लीसम्म साना विमान चलाउने विचार गरिरहेको छ।

टोलीले पाकिम हवाई अड्डा भ्रमण गरेर सर्वेक्षण गरेको र पाकिम हवाई अड्डाको रखरखाउप्रति खुशी व्यक्त गर्दै तत्काल उडान सञ्चालनको सम्भाव्यता व्यक्त गरे। टोलीले आगामी एक हप्ताभित्र उडान सञ्चालनको निम्ति विस्तृत प्रस्ताव पेश गर्ने बताइएको छ।

यसैगरी, बेङलोरका लगानीकर्ताहरूले सिक्किममा जौ, गहुँ, चामल र मकैको बीयर कारखाना स्थापित गर्न इच्छा व्यक्त गरेका छन्। यस क्रममा टोलीले आबकारी विभागका सल्लाहकार बेदुसिंह पन्तसॅंग पनि भेट गऱ्यो। स्थानीय मानिसहरू र पर्यटकहरूलाई सस्तो दाममा मिनरल वाटर उपलब्ध गराउन र प्लास्टिकको प्रयोग रोकथाम गर्न ठाउॅं-ठाउॅं वाटर एटीएम स्थापना गर्ने विषयमाथि पनि चर्चा भएको बताइएको छ।

About Author

Advertisement