मनिका बत्रा हारे पनि श्रीजा अकुला प्री-क्वार्टर फाइनलमा

photocollage_202481115248687

पेरिस: टेबल टेनिसमा भारतको पदक जित्ने आशा मनिका बत्रा पराजित भए पनि युवा खेलाड़ी श्रीजा अकुलाले पेरिस ओलम्पिक २०२४-मा यस खेलको महिला एकलको प्री-क्वार्टर फाइनलमा स्थान बनाइन्। असल लयमा देखिएकी मनिकालाई प्री-क्वार्टर फाइनल राउण्डमा जापानकी मिउ हिरानोले ४-१-ले पराजित गरिन्। यस हारको साथै मनिकाको पेरिसमा अभियान समाप्त भयो। बुधवार ४७ मिनटसम्म चलेको म्याचमा जापानकी खेलाड़ीले मनिकालाई ११-६, ११-९, १२-१४, ११-८, ११-६-ले पराजित गरिन्। मनिकाले म्याचमा धीमा शुरुवात गरिन् अनि पहिलो दुई गेम गुमाइन्। त्यसपछि उनले तेस्रो गेममा असाधारण प्रदर्शन गर्दै १४-१२-ले जीत हासिल गरिन् तर त्यसपछि चाहिँ उनले फर्मलाई कायम राख्न सकिनन् अनि अघिल्लो दुईवटा गेम गुमाएर हारको सम्मुखीन भइन्। यसबीत अकुलाले चाहिँ सिंगापुरकी जियान झेंगलाई ५१ मिनटसम्म चलेको म्याचमा ४-२-ले पराजित गरी प्री-क्वार्टर फाइनलमा प्रवेश गरिन्। ओलम्पिकको टेबल टेनिस स्पर्धामा प्री-क्वार्टर फाइनलमा पुग्ने उनी मनिकापछि दोस्रो भारतीय खेलाड़ी हुन्। आफ्नो २६औं जन्मदिनमा श्रीजाले ९-११, १२-१०, ११-४, ११-५, १०-१२, १२-१०-ले जीत हासिल गरिन्। प्री-क्वार्टर फाइनलमा श्रीजाको भिड़न्त चीनकी नम्बर एक खेलाड़ी सुन यिंगशासँग हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement