पेरिस: भारतका स्टार शट्लर लक्ष्य सेनले बुधवार अन्तिम ग्रुप म्याचमा इण्डोनेशियाका विश्वका नम्बर ३ खेलाड़ी जोनाथन क्रिस्टीलाई सीधा गेममा पराजित गरी ओलम्पिक पुरुष एकल ब्याडमिण्टन स्पर्धाको नक्आउट चरण (प्री-क्वार्टर फाइनल)- मा प्रवेश गरे। यसरी लक्ष्य ८ सालपछि ओलम्पिकको नक्आउट चरणमा कालीफाई गर्ने भारतका पहिलो पुरुष ब्याडमिण्टन खेलाड़ी बने। विश्व च्याम्पियनशीप २०२१-का काँस्य पदक विजेता २२ वर्षीय खेलाड़ीले असाधारण खेल प्रदर्शन गर्दै वर्तमान अल ईंग्ल्याण्ड र एशियन च्याम्पियन क्रिस्टीलाई पराजित गरे। म्याचमा भारतीय शट्लर २१-१८, २१-१२-ले विजयी भए। पहिलो गेममा सामान्य रोमाञ्च रहे पनि दोस्रो गेममा क्रिस्टीले कुनै चुनौती पेश गर्न सकेनन् । प्री-कार्टर फाइनलमा लक्ष्यको भिड़न्त भारतकै एचएस प्रणयसँग हुने सम्भावना छ।