सारथी सम्मान दिवसलाई लिएर बैठक

IMG-20240731-WA0314

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सरकारमा आएपछि प्रत्येक वर्ष २७ जुलाईको दिन सारथी सम्मान दिवस पालन गर्दै आएको छ। तर, यस वर्ष कतिपय कारणले गर्दा आगामी २ अगस्तको दिन गान्तोकस्थित मनन केन्द्रमा सारथी सम्मान दिवस पालन गर्ने भएको छ। उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह मुख्य अतिथिकोरूपमा उपस्थित रहने जानकारी प्राप्त भएको छ। चालक दिवस साथै आगामी १० अगस्तको दिन सम्फूमा पालन गरिने जन उन्मुक्ति दिवस समारोहको तयारीलाई लिएर मानेबुङ देन्ताम क्षेत्रका क्षेत्र विधायक सुदेश कुमार सुब्बाको निर्देशन तथा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका युवा नेता कृष्ण लेप्चाको अध्यक्षतामा आज एक समन्वय बैठक सम्पन्न भयो। बैठकमा पूर्व विधायक दिपक कुमार गुरुङ, नारदमणि खाती, डिगम गुरुङ,राजमान गुरुङ, एनबी गुरुङ लगायत पार्टीका कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।सभामा कार्यक्रमको सफलताको लागि पूर्व अध्यक्ष साथै मायल छिरिङ लेप्चाले आ-आफ्नो विचार राखे। क्षेत्रका पूर्व अध्यक्ष दावा नोर्बु शेर्पाले युवा तथा नारीहरुलाई कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई भव्यरूपमा सफल पार्नुपर्ने आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement