नशालु पदार्थ विरुद्ध सचेत गराउँदै फ्रीडम रन

IMG-20240730-WA0266

गान्तोक: गान्तोक जिल्ला प्रशासनिक केन्द्र र सामाजिक न्याय विभागको पहलमा नशामुक्त कार्यक्रमअन्तर्गत आगामी ३ अगस्तमा “फ्रीडम रन”-को आयोजना गरिने भएको छ। यसै विषयलाई ध्यानमा राख्दै आयोजक पक्षले हिजो “कर्टेन रेजर” आयोजना गरेको थियो। आगामी ३ अगस्तको दिन गान्तोकको रेशीथाङस्थित खेलगाउँमा नशामुक्त भारत अभियान अन्तर्गत आयोजना हुने यस “फ्रीडम रन” को विधिवत शुरुवात हिजो गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बरफुङ्पाले गरे। यस अवसरमा गान्तोकका पार्षद सन्दीप मालु लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक दिले नामग्याल बर्फुङ्गपाले नशालु पदार्थबाट प्रभावित बनेका परिवारले भोग्न परिरहेका विभिन्न समस्याबारे जानकारी गराए। नशालु पदार्थको सेवनले राज्यको विकासमा पनि बाधा पुग्ने उनले थप बताए।

About Author

Advertisement