वीरपाडा: डुवर्सको बहुप्रतिक्षित स्वतन्त्रता सेनानी कप्तान रामसिंह ठकुरीको १५ फुटको पूर्णाङ्ग शालिग अनावरण समारोहलाई नै अवसर पारेर डुवर्सका विभिन्न क्षेत्र साहित्य, शिक्षा, प्रशासनिक, संगीत आदि क्षेत्रमा सेवालाई निरन्तरता दिइरहेका ११ जना व्यक्तित्वहरु संगीत क्षेत्रमा प्रसिद्ध गायक इन्द्रजीत मिजार, पुष्पन प्रधान, युवा गायक विक्की परियार, उमेश छेत्री, प्रशासनिक क्षेत्रमा शान्ति सुब्बा, अध्ययनरत विद्यार्थी निखिल कुमार प्रसाद, तनिषा छेत्री, मूर्तिकला क्षेत्रमा मूर्तिकार किरपेन्द्र गुरुङ, साहित्य क्षेत्रमा अबिर खालिङ, संगीतकार वी.एन. निराकार, मधुकर विशुंकेलाई साथै विभिन्न सामाजिक क्षेत्रमा साहित्यिक संस्था डुवर्स नेपाली साहित्य विकास समिति, डुवर्स नेपाली साहित्य सभा, सृजनशील समूह, डुवर्स नेपाली साहित्य प्रतिष्ठान, हाम्रो समाज, हामी साथी भाई, स्वराज सोसाइटी, त्रिवेणी संघलाई सम्वर्द्धना पत्र प्रदान गरेर अभिनन्दन जनाइयो। शालिग निर्माण कमिटीको पक्षबाट विशेष समारोहका प्रमुख अतिथि शिक्षाविद किर्तन छेत्री, समारोह अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, लक्षुमन लिम्बु, अनुपकुमार शर्मा आदिको बाहुलीबाट प्रदान गरियो।