ऐतिहासिक बक्साफोर्टमा ७५औँ स्वतन्त्रता दिवस पालन

0-a7909d4d4-cba6-471d-a6df-5248b7eecea1

कालचिनी: आजादीको अमृत महोत्सवअन्तर्गत यसपाली प्रत्येक ठाउँमा धुमधामसित ७५औँ स्वतन्त्रता दिवस पालन गर्ने क्रममा कालचिनी खण्डको दुर्गम बक्साद्वार पहाड़स्थित ऐतिहासिक बक्साफोर्टमा पनि तिरंगा झण्डा फहराउन अलिपुरद्वार जिल्ला शासकलगायत अलिपुरद्वार सांसद तथा केन्द्रीय मन्त्री जोन बारला दुर्गम बक्साद्वार पुगे। आइतबार विहानको प्रथम प्रहरमा नै अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणालगायत अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशी, कालचिनी बीडीओ प्रशान्त बर्मन, जिल्लाका अतिरिक्त जिल्ला अधिकारीगणको उपस्थितिमा ऐतिहासिक बक्साफोर्टको सिँढ़ीमा तिरंगा झण्डा उत्तोलन गरियो।

दोस्रो चरणमा जिल्ला अधिकारीहरुको प्रस्थान पश्चात अलिपुरद्वार सांसद तथा केन्द्रीय मन्त्री जोन बारला बक्साफोर्टमा पुगेर पुनः तिरंगा झण्डा उत्तोलन गरे। यस क्रममा उनले बक्साद्वार बासिन्दाहरुले पीर मर्कालाई हेर्दा आजसम्म यहाँका मानिसहरुले स्वतन्त्रताको उज्यालो देख्न नपाएको र केन्द्रमा यहाँको समस्याहरुको उठान गर्ने बताएको थियो। यसरी नै आजादीको अमृत महोत्सव अन्तर्गत आइतबार कालचिनी थानामा पुलिस प्रशासनको पक्षबाट राष्ट्रिय ध्वजारोहण सम्पन्न भएको थियो भने यता विभिन्न संघ संस्थाहरुद्वारा विभिन्न ठाउँहरुमा कार्यक्रमको आयोजना गरियो।

About Author

Advertisement