दिव्याङ्गहरु बस्यो आमरण अनशनमा

0-1-5c7c764d-a293-4b30-9490-29900cb54f4b

कालचिनी: कालचिनी खण्ड दिव्याङ्ग संघको सदस्यहरु आजदेखि आफ्नो दाबी लिएर आमरण अनशनमा बसेका छन्। कालचिनी बीडीओ कार्यालयको गेट अघि प्रायः २०-२५ जना दिव्याङ्गहरु यसरी आमरण अनशनको ब्यानर लिएर धरनामा बसेपछि मङ्गलबार प्रथमत: कालचिनी थानाको पुलिसबल पुगेर दिव्याङ्गहरुलाई बीडीओसित टेबलमा वार्ता गर्ने तर यसरी धरनामा नबस्ने आग्रह गरेको थियोl त्यसलाई दिव्याङ्ग सदस्यहरुले अस्वीकार गरेको थियो भने पछि कालचिनी बीडीओ प्रशान्त बर्मन स्वयं आएर दिव्याङ्गहरुलाई धरना नगर्ने बरु जिल्ला शासकसित भेट्न जान वाहन व्यवस्था गरिदिने प्रस्ताव राख्दा पनि दिव्याङ्गहरुले आफूहरु जिल्ला शासक कार्यालय नजाने जिल्ला शासक स्वयं यहाँ आएर कुराकानी गरोस् भन्दै धरनामा अडिग बसेका छन्।

उक्त सम्बन्धमा कालचिनी खण्ड दिव्याङ्ग संघको अध्यक्ष महेश लोहोरा र सचिव विवेक कामीले धेरै वर्षदेखि दिव्याङ्हरुको दाबीलाई कुनै टेरपुच्छर नदिएपछि अन्ततः यसरी आमरण अनशनमा बस्ने निर्णय लिएर आजदेखि बसिएको र जबसम्म दिव्याङ्गहरुको दाबीलाई सहानुभूतिपूर्वक हेरिँदैन तबसम्म यो अनशन जारी रहने जनाएका छन्। दाबी विषयबारे महेश लोहोरा र विवेक कामीले दिव्याङ्गहरुलाई चुनावमा ५ प्रतिशत आरक्षण साथै दिव्याङ्गहरुलाई स्कूल अनि कलेजमा विशेष शिक्षक नियुक्ति, दिव्याङ बिल २०१६ लागु गरिनु पर्ने, मासिक दिव्याङ्ग भत्ता न्युनतम ३ हजार हुनुपर्ने र दिव्याङ्गहरुको सर्वाङ्गीन विकासको निम्ति दिव्याङ्ग विकास बोर्डको गठन गरिनु पर्ने दाबी समूहलाई अघि सारेर यो आमरण अनशन शुरु गरिएको जनाएका छन्। यता कालचिनी बीडीओ प्रशान्त बर्मनले कतिपय दाबीहरु आफ्नो क्षमताबाट हुन नसक्ने तथापि अनशनकारीहरुलाई जतिसक्दो वार्तामा आउने आग्रह गरिएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement