दार्जीलिङ: गौरवशाली इतिहास बोकेको प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको आधिकारिक क्रीड़ासूची (शेड्यूल) जारी गरिएको छ। आयोजक दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-ले जारी गरेको क्रीड़ासूचीमा जम्मा १७ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। टुर्नामेण्टको जम्मै म्याचहरू लेबोंगको गोर्खा स्टेडियममा खेलिनेछ। उद्घाटन म्याचमा २/११ गोर्खा राइफल्स (जीआर) र हिमालश्री एथलेटिक क्लब, कालेबुङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १२ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।