५/८ गोर्खा राइफल्स र कञ्चनजंघा एफसी क्वार्टर फाइनलमा

IMG-20240731-WA0160

सेवोक: नेताजी युथ क्लब (एन.वाई.सी.), सेवोकको तत्त्वावधानमा आयोजित ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ५/८ गोर्खा राइफल्स (जीआर) र कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। सेवोक प्राइमरी स्कूल मैदानमा मंगलवार खेलिएको म्याचमा ५/८ गोर्खा राइफल्सले कालीझोड़ा एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमका वांगदी तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी सोमवार खेलिएको म्याचमा कञ्चनजंघा फूटबल क्लबले मर्निंग सकर क्लब, सिलगढ़ीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट शैलेश छेत्रीले गोल गरे जबकि सञ्जु केरकेट्टालाई प्लेयर अव् द म्याच चयन गरियो।

अब बुधवार खेलिने म्याचमा निर्मल छेत्री फूटबल एकाडमी र आयोजक एनवाईसी-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १४ वटा शीर्ष टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।

About Author

Advertisement