बथानबाट छुटेका हात्तीको छावा सकुशल उद्धार

0-a-19b5c622-9f68-4bf5-bee3-7afcd9406e9c

कालचिनी: मङ्गलबार  बिहान प्रायः ८ बजे बक्सा ब्याघ्र प्रकल्पको मधु जङ्गलबाट बथान भंगालेर छुटेका एउटा हात्तीको छावा पूर्व साताली नाकाडाला गाउँमा पस्दा गाउँमा खैलाबैला मच्चियो। घटनाको जानकारी पाएर घटनास्थलमा बक्सा ब्याघ्र प्रकल्प र जल्दापाड़ा डिभिजनका वन कर्मीहरु र मोबाइल रेञ्जका स्क्वाइडले अथक प्रयास गरेपछि अन्ततः उक्त हात्तीको छावालाई उद्धार गरेर सकुशल गोदामडाबरी जङ्गलको ३ नम्बर कम्पार्टमेन्टमा माउको झुण्डमा लगेर छोडियो। वन विभागले उक्त हात्तीको छावा प्रायः उमेर एक वर्षको मादा रहेको र जङ्गलमा आहार चर्दै जाने क्रममा माउको बथानबाट छुटेको जनाएका छन् भने यसलाई जङ्गलमा पानीले नुहाईधुवाई गरेर भोजन गराएपछि ऐरावत वाहनमा हालेर यसको बथानमा लगेर छोड़दा बथानले यसलाई अँगालेर जङ्गल लगेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement