पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको चौथो पुण्यतिथिमा राज्यपाल गंगा प्रसादकाे श्रद्धाञ्जली

IMG_20220816_202419.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको चौथो पुण्यतिथिमा आज राजभवनमा श्रद्धाञ्जली अर्पित गरे।

राज्यपालले स्व. बाजपेयीलाई श्रद्धाञ्जली अर्पित गर्दै भने, “उनको देशप्रतिको समर्पण भावबाट हामी सबै प्रेरित छौ। बाजपेयीजी बहु प्रतिभाको धनी थिए। उनी असल व्यक्ति थिए र आफ्नो भाषण शैलीद्वारा श्रोताहरूलाई मन्त्रमुग्ध गर्थे।’

राज्यपालले अझ भने, ‘उनी एक कवि, साहित्यकार र पत्रकार पनि थिए। अटल बिहारी बाजपेयीजीले सदैव शिक्षा, समाज, भाषा र साहित्यमाथि बल दिए। भारतलाई वैश्विक स्तरमा शिखरमा लैजान र सशक्त रूपमा पहिचान दिलाउन उनका अनेक अतुलनीय योगदानलाई देशले सदैव स्मरण गर्नेछ।’

About Author

Advertisement