कालचिनी ब्लक किसान खेत मजदूर तृणमूल कंग्रेसको प्रस्तुति सभा

0-a2c4688d-673e-47bb-a3a9-9bded2c3e940

कालचिनी: आउँदो२७ अगस्तको दिन फालाकाटामा सम्पन्न हुने किसान समावेशलाई सफलिभुत बनाउन मङ्गलबार लोथाबारी अञ्चलमा प्रस्तुति सभा सम्पन्न भएको जानकारी कालचिनी ब्लक किसान खेत मजदूर तृणमूल कंग्रेसको सभापति अधीर रायले दिएका छन्। उक्त प्रस्तुति सभामा अलिपुरद्वार जिल्ला किसान खेत मजदूर तृणमूल कंग्रेसको सभापति प्रसेनजीत राय, सहसभापति कंक राय अधीर रायलगायत जिल्ला, ब्लक नेतृत्व अनि प्रतिनिधिहरु उपस्थिति थिए। किसान नेता अधीर रायले आउँदो २७ अगस्तको दिन फालाकाटा पाँच माइलमा किसान समावेश हुने जसमा पश्चिम बंगाल किसान खेत मजदूर तृणमूल कंग्रेसको राज्य सभापति पूर्णेन्दु बोसलगायत राज्य नेतृत्वहरुको उपस्थिति रहने जनाएका छन्l सो सम्मेलनमा सदस्यहरुलाई भारी संख्यामा सहभागी बन्न आह्वान गरिएको जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement