स्कूटी र पिकअप भ्यान ठोकिंदा स्कूटी सवारको मृत्यु

0-a-52b709fe-871b-4f3d-a9a0-5faa6a59eafa-1

कालचिनी: स्वतन्त्रता दिवसको मध्यराति स्कूटीमा सवार भएर जयगाउँतिर आइरहेको एउटा स्कूटीमा सवार दुईजना युवकहरु दलसिंहपाड़ा ९ नम्बर क्षेत्रमा आईपुग्दा अचानक विपरीत दिशाबाट गइरहेको एउटा पिकअप भ्यानसित ठोक्कियोl यस दुर्घटनामा घटनास्थलमा नै एकजना जयगाउँ निवासी प्रतीक दास उमेर १७को मृत्यु भएको छ भने अर्को सन्तोष नाहा उमेर ४८ गम्भीर घाइते भएको घटना प्रकाशमा आएको छ। साथीको जन्मदिन मनाएर आइरहेका दुईजना युवक जयगाउँतर्फ आईरहेको क्रममा नै यसरी दुर्घटनामा परेर एकजनाको ज्यान गएको र अर्को आशङ्काजनक अवस्थामा उक्त दुर्घटना भएको पुलिस स्रोतले जनाएको छ। दुर्घटनाग्रस्त स्कूटी र पिकअप भ्यानलाई जयगाउँ पुलिसले नियन्त्रणमा लिएर घटनाबारे छानबीन चलिरहेको पुलिस स्रोतले जनाएको छl  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement