नामथिङ पोखरी परिसरमा हनुमानको मूर्ति स्थापना

photocollage_2022816193450296.jpg

मङ्पुः मेरो समष्टिमा पहिला हनुमानको मुर्ति स्थापना गर्छु त्यसपछि अरू काम सुरु गर्नेछु भन्दै चुनाव जितेर पहिलो पल्ट पुगेका सिटोङ लाटपञ्चरका सभासद अनि वर्तमान जीटीए प्रमुख कार्यपाल अनित थापाले घोषणा गरेका थिए। त्यसै वचनलाई पूरा गर्दै सिटोङको नामधिङ पोखरी परिसरमा आज हनुमानजीको प्रतिमा विधिवत रूपमा स्थापना गरियो। सभासद रतन थापाले उक्त मूर्तिको स्थापना गरे भने यस अवसरमा प्रमुख रूपमा जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो। उक्त हनुमानको मुर्ति बाग्राकोटका मूर्तिकार अमीर सुन्दासले बनाएका हुन्। मूर्ति स्थापना कार्यक्रमपछि पत्रकारहरुसित अनित थापाले विभिन्न विषय माथि आफ्नो मन्तव्य राखे। तिनले भने, नामथिङ पोखरी प्राकृतिक पोखरी हो। यसलाई प्राकृतिक नै राख्नु पर्छ। यदि यो पोखरीलाई बनाउनु पटि लाग्यो भने झन बिग्रेर जानेछ। यो पोखरीलाई अझ राम्रो बनाउनु हाई टेक्नलोजी चाहिन्छ। हामीले यसको प्रकृतिलाई पनि बचाउनुपर्छ साथै राम्रो पनि बनाउनु पर्छ।

About Author

Advertisement