सोरेङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले देशको ७६औं स्वतन्त्रता दिवसको अवसरमा हिजो राज्य सरकारको महत्वकांक्षी योजना ‘आमा’काे शुभारम्भ गरेका छन्। यसै क्रममा महिला एवं बाल विकास विभाग अन्तर्गत उक्त नयाँ योजनाबारे आम मानिसहरूमा जागरूकता फैलाउन आज सोरेङ जिल्ला प्रशासन केन्द्र परिसरमा आमा योजना विषय पोस्टर लगाउने कार्य गरिएको छ।
यस अवसरमा जिल्लापाल भीम ठटाल, एडीएम धिरेन सुबेदी, एसडीएम रंजन राई, सामाजिक कल्याण निरीक्षक कादमबरी थापा र एनएसएपी सुपरभाइजर विकास बस्नेत उपस्थित थिए।