चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने नेपालका लागि चिनियाँ राजदूतको भनाइ

IMG-20240728-WA0227
काठमांडू: नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पुँजी र श्रम बजारलाई व्यवस्थित रूपमा खोल्ने बताएका छन। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) २०औँ केन्द्रीय समितिको हालै सम्पन्न तेस्रो पूर्ण बैठकका निर्णयहरू चीन र विश्वलाई नै महत्त्वपूर्ण भएको जनाउँदै उनले उच्चस्तरको खुलापनले विकासका अवसर थपिने र नेपालजस्ता विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने विश्वास दिलाएका छन।

उनले जुलाई २७ तारिख शनिबार दिनु भएको वक्तव्यमा चीनको राजधानी बेजिङमा गत जुलाई १५ देखि १८ जुलाईसम्म चलेको तेस्रो पूर्ण बैठकले चीनको आर्थिक एवं सामाजिक विकासका नयाँ खाका कोरेको बताउँदै यो चीन र विश्वलाई नै ठूलो महत्त्वको भएको दाबी गरे।
चिनियाँ राजदूत छन सोङले भनेका छन, ‘स्वदेशी तथा विदेशी उद्यमी तथा पर्यवेक्षकहरूले पनि सो तेस्रो पूर्ण बैठकले चीनलाई मात्र नभई सम्पूर्ण विश्वलाई सकारात्मक र न्यानो संकेत दिएको बताउनाका साथै बढ्दो भूराजनीतिक तनाव र संरक्षणवादका बीच चीनमा थप लगानी र विकास एवं विश्वमा नै स्थायित्व दिने विश्वास व्यक्त गरेका छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement