शहीदहरूको आत्मा शान्ति साथै शहीदका परिवारहरूलाई लिएर बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा पूजा अर्चना

IMG-20240728-WA0226

खरसाङ: खरसाङको ५ नम्बर वार्डमा अवस्थित सामी लाखाङ गुम्बामा पेम्बा रिम्पोर्छेद्वाका गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्न साथै शहीदका परिवारहरूलाई लिएर पूजा सम्पन्न भएको छ। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरी उनीहरूको आत्माले शान्ति पायोस् भनी १००८ बत्ती बालेर डोल्मा म्हाणिपा संघ सिंगेल अनि कफिबारी म्हाणिपा संघले म्हाणे मोलम गरी पूजा सम्पन्न गरियो। पूजामा विशेष गरी प्रयास लामा, सजीत लामा अनि अन्य लामाहरू पनि उपस्थित रहेका थिए। यस पूजामा गोर्खल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै उनीहरूको आत्मा शान्तिको लागि प्रार्थना पनि गरिएको छ। त्यसरी नै शहीदका परिवारहरूलाई बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेक तर्फबाट सम्मान पनि जनाइएको छ। यस पूजाको अन्त्यमा पूजापछि पत्रकारहरूसित बातचीत गर्दै सामी लाखाङ गुम्बाका धर्म गुरू पेम्बा रिम्पोछेले आफ्नो प्राणको आहुति दिने शहीदहरूका आत्मा शान्तिको लागि पूजा अर्चना साथै शहीदका परिवारहरूलाई लिएर पूजा अर्चना गरिएको बताएका छन्। उनले शहीद भएको दिन कालो दिन हो भन्दै शहीद हुनु नपरेको भए पनि सुने तर शहीद बनेका छन् अनि यस्तो शहीद हुने दिन कालो दिन नआयोस् भनी बताएका छन्। रिम्पोर्छेले मानव जीवन एकपल्ट मात्र आउँछ अनि शहीद नहोस् भन्छु तर शहीद हुनुपर्छ। त्यसैले शहीदको आत्माले शान्ति पाऊन् साथै शहीदका परिवारहरूलाई माया बाढ्नलाई वार्षिक रूपमा पूजा अर्चना गरिरहेको बताएका छन्।

About Author

Advertisement