सिलगढी: दार्जीलिङ पहाड र सिक्किममा पछिल्ला केही दिनदेखि परेको वर्षाका कारण टिस्टा नदीले निक्कै भयावह रूप धारण गरेको छ। टिस्टा नदीको पानीको बहाव बढेर सडक समेत पानीले ढाकेको छ धेरै घर डुबानमा परेका छन्। दार्जीलिङदेखि कालेबुङसम्मको सडकको अवस्था पनि सोचनीय देखिन्छ। अविरल वर्षाका कारण आएको पहिरोका कारण राष्ट्रिय राजमार्ग १० विगत केही दिनदेखि अवरुद्ध भइरहेको छ। टिस्टा नदी बढेपछि तराईमा पनि बाढीको खतरा भएको छ।











