रोमाञ्चक जीतको साथ नोरबुंग फूटबल क्लब क्वार्टर फाइनलमा

IMG-20240728-WA0097

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा नोरबुंग फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा शनिवार भएको पाँचौं प्री-क्वार्टर फाइनल म्याचमा नोरबुंग फूटबल क्लबले बुङकुलुंग फूटबल क्लबलाई ४-२-ले पराजित गऱ्यो। म्याचमा शुरुमै २ गोल खाए पनि नोरबुंग एफसी-ले असाधारण पुनरागमन गर्दै जीत हासिल गऱ्यो। विजेता टीमबाट गणेश लिम्बुले ३०औं र ३८औं मिनटमा २ गोल गरे। यसबाहेक संगम प्रधानले २६औं र वांगचुक (धने) तामाङले ५४औं मिनटमा गोल गरे। यसरी बुङकुलुंग फूटबल क्लबबाट योगेल सुब्बाले १८औं र २१औं मिनटमा २ गोल गरे।

म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र युगल प्रधान थिए जबकि अविनाश राई फोर्थ अफिसियल रहेका थिए। अब आइतवार खेलिने छैटौं प्री-क्वार्टर फाइनल म्याचमा यूकेएफसी एकाडमी र शान्ति बस्तीबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement