रुसी सेनामा ३४ नेपाली मारिए, आधा दर्जन युक्रेनमा बन्धक

IMG-20240725-WA0215

झापा: रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले उक्त जानकारी दिएकी हुन्। मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ। रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेपाली युक्रेनी सेनाले बन्धक बनाएर राखेको पनि उनले बताइन्। रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म १५० नेपाली स्वदेश फर्किसकेका छन्। हालसम्म ३२३ जनाको उद्धारको लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको जनाइएको छ।तीमध्ये सम्पर्कमै नरहेको भनेर ११६ जनाको उद्धारका लागि उनीहरूका परिवारका तर्फबाट परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्। उनीहरूको उद्धारका लागि पहल भइरहेको मन्त्री आरजु राणाले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement