बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा ११ जना घाइते

IMG-20240725-WA0214

झापा: झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा दुई पक्षका ११ जना घाइते भएका छन् ।आज बिहान ११ः३० बजेतिर बाह्रदशी ३ स्थित राधानगरमा सो ठाउँ बस्ने पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद हुँदा दुवै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए। रेखानन्द साहले खेती जोताउन ट्रयाक्टर ल्याएको र पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।झडपमा बाह्रदशी ३ बस्ने वर्ष ३० का अजयकुमार शाह, वर्ष ४० का नितानन्द साह, वर्ष ४० का रेखानन्द साह, वर्ष ३६ की चाँदनी साह, वर्ष ५६ की पद्मादेवी साह, वर्ष ८० का विष्णुप्रसाद साह, वर्ष २२ का महानन्द साह, पर्शुराम साहका छोरा वर्ष १६ का सञ्जीव साह, वर्ष ५४ का पर्शुराम साह, वर्ष १७ का विवेक साह र वर्ष ५४ का मुनाखरी साह रहेका छन्। उनीहरुको शरीरको विभिन्न भागमा भित्री चोट लागेको छ। बोल्न सक्ने उनीहरुको बिएन्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको छ।ऐलानी जग्गाको विषयमा दुवै साह परिवारबीच विवाद रहँदै आएको छ। दुवै पक्षलाई आज छलफलका लागि इलाका प्रहरी कार्यालय राजगढमा बोलाइएकोमा छलफलमा नआई उनीहरु झडपमा उत्रिएको सब इन्स्पेक्टर राजेन्द्र शर्माले बताए। उनले झडपलाई साम्य बनाई घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समा हालेर बिर्तामोडतर्फ पठाएको जानकारी दिए। ऐलानी जग्गाको विषयमा दुवै परिवारबीचको विवादलाई धेरैपटक मिलाउन प्रयास गरिएको तर, मिलाउन नसकिएको वडा अध्यक्ष टंक साहले बताए। उनले दुवै पक्षबीच अदालतमा मुद्दा चलिरहेको जानकारी दिए।

About Author

Advertisement