झापा: मोरङमा एक डाक्टर मृत फेला परेका छन्। उर्लाबारी-५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए। कोठामा अचेत अवस्थामा भेटिएको यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै र बिहिबार बिहान कोठामै मृत भेटिए प्रहरी इन्स्पेक्टर दासले बताए। अहिले शव मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे राखिएको छ भने पोस्टमार्टमका लागि घोपा क्याम्प पठाउने तयारी भाइरहेको उनले बताए। यसैगरी, विराटनगरकाे हाेटलमा एक जना व्यक्ति मृत भेटिएका छन्। सुनसरीकाे इनरुवा नगरपालिका -६ घर भएका २८ वर्षीया राजिव फुयाल विराटनगर ११ नयाँ गुद्री अगाडिको हाेटलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










