धान खेतमा भेटिएका मृतकको पहिचान खुल्यो

IMG-20240629-WA0057-copy-4

झापा: झापाको अर्जुनधारा वडा नम्बर १ स्थित धान खेतमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ।मृतक इलाम माई नगरपालिका ३ घर भई अर्जुनधारा १ सिस्नेस्थित भिनाजुको घरमा बस्दै आएका अन्दाजी ४५ वर्षका टिकाबहादुर लावती भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए। उनी विगतदेखि जन्डिससम्बन्धी बिरामी र मानसिक अवस्था ठिक नभएको भन्ने बुझिएको छ। लावतीलाई बिहान सबेरै हातमा चप्पल बोकेर हिँड्दै गरेको स्थानीयले देखेका थिए। बिरामीले छोपेपछि उनी धान खेतमा घोप्टो परेर लडेको र खेतको छिपछिपे पानीमा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। उनकी श्रीमती वैदेशिक रोजगारीका लागि कुवेत गएकी छन्। दुई छोरीमध्ये एकजना कुवेत र अर्की काठमांडूमा रहेको जनाइएको छ। छोरा भने उनीसँगै रहेका थिए। लावतीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डिएसपी विष्टले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement