पेरिसमा पदकको खाता खोल्न चाहन्छन् भारतीय धनुर्धरहरू

IMG-20240724-WA0254

पेरिस: स्थान र साल अलग हुनको साथै एउटा नयाँ ओलम्पिक अघि रहेको छ तर भारतीय धनुर्धरहरूको लक्ष्य चाहिँ त्यही पुरानो नै रहनेछ, ओलम्पिक खेलहरूमा आफ्नो पहिलो पदक जित्ने। धनु-काँड़लाई ओलम्पिकमा १९८८-मा सामेल गरिएको थियो। त्यसपछि भारतीय धनुर्धरहरूले लगभग हरेक ओलम्पिकमा हिस्सा लिइरहेका छन् तर अहिलेसम्म एकजना पनि पोडियमसम्म पुग्न सकेका छैनन्। पेरिस ओलम्पिकमा भारतीय धनुर्धरहरूले बुधवार लेस इनवेलिड्स गार्डनमा क्वालीफिकेशन राउण्डको साथ आफ्नो अभियान शुरु गर्नेछन्। लण्डन ओलम्पिक २०१२ पछि यसपाली पहिलोपल्ट भारतीय टीममा सबै ६ जना खेलाड़ी सामेल छन्। भारतीय पुरुष र महिला टीमहरूले ऱ्याङकिंगको आधारमा ओलम्पिकको निम्ति क्वालीफाई गरेको छ। यसरी भारतीय धनुर्धरहरूले यसपाली सबै ५ स्पर्धाहरूमा हिस्सा लिनेछन्। अनुभवी तरुणदीप राई र दीपिका कुमारी आफ्नो चौथो ओलम्पिकमा हिस्सा लिइरहेका छन्। यी दुईको अगुवाईमा टीमलाई मनपर्ने ड्र हासिल गर्न क्वालीफिकेशनमा कम्तीमा शीर्ष १०-मा स्थान बनाउनु पर्नेछ। प्रत्येक धनुर्धरले ७२ वटा तीर चलाउनेछन् अनि क्वालीफिकेशन राउण्डमा भाग लिइरहेका ५३ वटा देशका १२८ खेलाड़ीहरूका स्कोरको आधारमा आइतवारदेखि शुरु हुने मुख्य नक्आउट प्रतियोगिताको वरीयता तय गरिनेछ।
भारतीय टीमको निम्ति क्वालीफिकेशन चरण महत्त्वपूर्ण हुनेछ कारण तल्लो वरीयता हासिल गर्ने टीमले नक्आउट चरणमा दक्षिण कोरिया जस्तो मजबूत टीमको सामना गर्नु पर्न सक्छ। टोक्यो ओलम्पिकमा भारतका सबै पुरुष धनुर्धर शीर्ष ३०-मा स्थान बनाउनदेखि चुकेका थिए, जसले गर्दा भारतीय टीमलाई नवौं वरीयता प्राप्त भएको थियो। भारतकी एकमात्र महिला धनुर्धर दीपिकाले नवौं स्थान हासिल गरेकी थिइन्। त्यस समय भारतले आफ्नो क्वार्टर फाइनलमा शीर्ष वरीयता प्राप्त कोरियाविरुद्ध हारको सामना गर्नु परेको थियो। भारतलाई पुरुष टीमबाट पदकको आशा रहेको छ, जसले गत वर्ष शंघाईमा भएको वर्ल्ड कपमा कोरियालाई पराजित गरी इतिहास रचेको थियो। भारतीय टीममा तरुणदीप र गत ओलम्पिकमा हिस्सा लिने प्रवीण जाधवको रूपमा दुईजना अनुभवी खेलाड़ी छन् जबकि युवा खेलाड़ी धीरज बोम्मादेवरा एक महिना अघि अंताल्या वर्ल्ड कपमा टोक्यो ओलम्पिकमा रजत पदक जित्ने इटलीका मौरो नोस्पोलीलाई पराजित गरी काँस्य पदक जितेको जोशमा छन्।
महिला वर्गमा सबैको नजर दीपिकामाथि रहनेछ। उनले आमा बनेको १६ महिनाभित्र शंघाईमा वर्ल्ड कपको पहिलो चरणमा रजत पदक जितेर असाधारण पुनरागमन गरेकी थिइन्। महिला टीममा उनलाई साथ दिन अंकिता भक्त र भजन कौर रहेकी छन्। यी दुईजनाको यो पहिलो ओलम्पिक हुनेछ तर वर्तमान ओलम्पिक चक्रमा उनीहरू भारतीय टीमको हिस्सा रहेकी छन् अनि उनीहरूबाट असल प्रदर्शनको आशा गरिएको छ। धीरज र दीपिका ऱ्याङकिंग राउण्डमा शीर्षमा रहे रिकर्भ मिश्रित टीममा उनीहरूबाट पदकको आशा गर्न सकिनेछ। भारतीय धनुर्धरहरू ओलम्पिकमा कहिले पनि क्वार्टर फाइनभन्दा अघि बढ़्न सकेका छैनन्। भारतीय धनुर्धरहरूले एकमात्र २०००-को ओलम्पिकमा क्वालीफाई गर्न सकेका थिएनन्। त्यसलाई छोड़ेर अन्य सबै ओलम्पिकमा हिस्सा लिए पनि टीमको प्रदर्शनमा सुधार आउन सकेको छैन। पेरिस ओलम्पिकमा पुरुष टीमको फाइनल आइतवार जबकि व्यक्तिगत एलिमिनेशन मंगलवारदेखि शुरु हुनेछ। मिश्रित टीमको फाइनल आउँदो शुक्रवार तथा त्यही हप्ताको अन्तमा महिला र व्यक्तिगत फाइनल हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement