नाटककार, साहित्यकार एंव पत्रकार विशाल गुप्तको पिता ओम नारायण गुप्तको निधन

IMG-20240724-WA0256

दार्जिलिङ: वरिष्ठ नाटककार, साहित्यकार साथै दार्जिलिङ प्रेस गिल्डको पत्रकार विशाल गुप्तको पिता ओम नारायण गुप्तको निधन भएको छ। उनको निधन आज सिलगढीस्थित एक नर्सिङ्ग होम भएको छ। नेपली भाषालाई आफ्नै मातृ भाषा सरह माया गरेर नेपाली साहित्य साथै नाट्य कलाप्रति समर्पित सर्जक थिए ओम नारायण गुप्त। भोजपुरी र हिन्दी भाषामा जतिको दक्षताका साथ ओम नारायण गुप्तले लेख्ने गर्थे नेपाली भाषामा पनि उनले उतिकै उत्कृष्ट प्रकारले साहित्य लेखेका छन्। उनले अनुवाद साहित्यमा पनि उतिकै योगदान पुराएका छन्। कटक उडिसाबाट कोनार्क नेसनल थिएटर पुरस्कार लगायत अन्य थुप्रै सम्मानहरुद्वारा पुरस्कृत सर्जक ओम नारायण गुप्तको पार्थिव शरीर आज दार्जीलिङस्थित उनको निजी वासस्थान युनिक मार्केट लाइपुराएको छ। उनको अन्तिम संस्कार आगामी २६ जुलाई शुक्रबारको दिन गरिने जानकारी परिवार सुत्रमार्फत प्राप्त भएको छ। उनको निधनमा साहित्य लगायत नाट्य जगतमा शोकको लहर छाएको छ। दार्जीलिङ टेलिभिजन लगायत वैष्णमी प्रडक्सनले पनि ओम नारायण गुप्तप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गरेका छन्।

About Author

Advertisement