टेबल टेनिस प्रतियोगिता र स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टलाई लिएर खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभा

IMG-20240723-WA0237

खरसाङ: खरसाङ क्षेत्रमा खेलकूदलाई लिएर लामो समयदेखि सक्रिय रूपमा कार्य गर्दै आईरहेका खेलकूद संस्था खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको महत्त्वपूर्ण सभा खरसाङस्थित कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको अध्यक्ष मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभा विशेष गरेर खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी २८ जुलाईदेखि शुरु भईरहेको टेबल टेनिस प्रतियोगिता साथै ७८औं स्वतन्त्रता दिवस नक आउट फुटबल टुर्नामेन्ट र म्याराथनलाई लिएर सम्पन्न भएको छ। सभालाई सञ्चालन गर्दै संघको सचिव निर्मल गुरुङले सभाको मुख्य उद्देश्य र मुख्य विषयहरूमाथि प्रकाश पारेका थिए। सभामा उपस्थित खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको पदाधिकारीहरूले आगामी २८ जुलाईदेखि शुरु भईरहेको टेबल टेनिस प्रतियोगिता र स्वतन्त्रता दिवस नट आउट फुटबल टुर्नामेन्ट र म्याराथन विषयमा आफ्नो आफ्नो सुझावहरू राखेका थिए। सभाको शुरुमा आजकै दिन तीन वर्ष अघि दिंवगत भएका संघको सदस्य महावीर राईको स्मृतिमा मौन धारण पनि गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement