विधाननगरमा ५८ किलो गाँजासहित दुईजना पक्राउ

IMG-20240720-WA0186

सिलगढी: विधाननगर पुलिसले ५८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। स्रोतका अनुसार हिजो गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पश्चिम माताडी टोल गेटमा चारचक्के गाडीमा छापा मारेर खोजी गर्दा गोप्य स्थानबाट उक्त गाँजा बरामद भएको हो। पक्राउ परेकाहरुको नाम समीरुल मिया (२४) र सफिरुद्दीन मिया (२८) रहेका छन्, दुवै कोचबिहार जिल्लाको बलरामपुर निवासी हुन्। पक्राउ परेकाहरूलाई शनिबार सिलगढी अदालतमा लगिएको थियो र पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement