कोलकाता: २१जुलाई को अवसरमा सेन्ट्रल पार्कको ए११६ विधान नगर विधान सभा केन्द्र र राज्य मन्त्री सुजित बोसको व्यवस्थापनमा आयोजित कार्यक्रमको लागि उत्तर बंगालका तृणमूल कांग्रेसका कार्यकर्ता र समर्थकहरू सेन्ट्रल पार्कमा आउन थालेका छन्। सेन्ट्रल पार्कमा २५ हजार मानिसलाई बस्न र खाना खुवाउने प्रबन्ध मिलाइएको छ। हालसम्म करिब १६ हजार मानिस आएका छन्। तिनीहरू मुख्यतया उत्तर बंगाल, उत्तर दक्षिण दिनाजपुर, अलीपुरद्वार, जलपाईगुडी, कोचबिहार, दार्जिलिङ र कालिम्पोङबाट आएका छन्। सबैका लागि खानाको व्यवस्था गरिएको छ। त्यहाँ एक चिकित्सा शिविर पनि छ।










