खाद्य एवम नागरिक उड्डयन विभागले शुरू गऱ्यो सफाई अभियान

IMG-20240720-WA0243

गान्तोक: राज्यको खाद्य एवम नागरिक उड्डयन विभागले सिक्किम राज्य भारतको एक अभिन्न अङ्ग बनेको पचास वर्ष पुगेको अवसरमा विभिन्न गतिविधिहरू शुरू गरेको छ। यसै क्रममा आज गान्तोकको मुख्यालयमा विभागका सचिव अनिल राज राईको नेतृत्वमा सर सफाई कार्यक्रम आयोजना गरियो। यस अवसरमा विभागका सचिवले सबै अधिकारी साथै कर्मचारीहरूलाई स्वच्छता अभियानको निम्ति शपथ ग्रहण गराउँदै सबैजना सरसफाईमा सहभागिता जनाउनु पर्ने बताए। सचिव राईले विशेष गरेर कार्यालयमा प्लास्टिकको सामग्रीको कम मात्रमा प्रयोग गर्नुपर्ने सुझाउ दिएका छन्। आजको यस कार्यक्रममा कूल ८३ जना अधिकारीहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement